ताप्लेजुङका ११६ जनलाई भुमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

वेलकम खबर
पुस २६, २०८०

ताप्लेजुङ । राष्ट्रिय भुमि आयोग ताप्लेजुङले विहीवार फुङलिङ नगरपालिकामा जग्गा निसा वितरण गरेको छ । फुङलिङ नगरपालिकाका भुमिहीन सुकुम्बासी ,७० जना , दलित सुकुम्बासी ३६ जना भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ११ जना लाई निसा वितरण गरेको हो । फुङलिङ नगरपालिकाको कार्यालयमा नगरप्रमूख अमिर मादेन र आयोगका अध्यक्ष कृष्ण कुमार बस्नेतले जग्गा निसा वितरण गरेको हो ।
जग्गाको निसा प्राप्त गरेका व्यक्तिलाई अब वडा र नगरपालिकाले सरकारी जग्गा सदरमुकाम आसपास भए कम्तीमा ४ आना र गाउँमा भए कम्तीमा १ रोपनी दिनुपर्ने प्रावधान रहेकोछ ।
आयोगले अब दोश्रो चरणमा वडा वडामा सरकारी जग्गा खोजी सुरु गर्ने कृष्ण कुमार बस्नेतले बताउनु भयो । यदि वडामा नभए नगरमा र त्यहाँ पनि नभए खरिद गर्ने प्रावधान छ । बजेट व्यवस्थापन सम्बन्धित स्थानिय तहले प्रदेश वा सँघ सरकारसँग साझेदारी गर्छ । जग्गा निसा वितरण अब अरु पालिकामा पनि क्रमश सुरु हुने अध्यक्ष बस्नेतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*