ताप्लेजुङको कंञ्चनजंघा सहकारीले एक बर्षमा एक करोड ६८ लाख आम्दानी गर्यो
ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ ४ मा रहेको कंञ्चनजंघा सामुदायीक बहुमूखी सहकारी संस्थाले आथिक वर्ष २०७९र८० मा १ करोड ६८ लाख ५० हजार ६ सय ५७ रुपैयाँ आम्दानी गरेको छ ।
सस्थाले आव २०७९र८० मा १७ लाख ९९ हजार ३ सय २५ रुपैयाँ खुद नाफा गरेको छ । सहकारीको विहीबार भएको २० औं साधारण सभामा गत आ व मा ११ करोड ९१ लाख ९२ हजार ९ सय ८८ रुपैयाँ ऋिण लगानी गरेको छ । गत आ व।मा १६ करोड ७० लाख ४० हजार ७ सय २५ रुपैयाँ लगानी गरेकोमा ४ करोड ७८ लाख ४७ हजार ७ सय ३७ रुपैयाँ असुली भएकोछ । साधारणसभामा सहभागी हुने सदस्यलाई यातायात खर्च वापत ५ सय नगद प्रदान गरेको कोषाध्यक्ष दिल कुमार मेन्याङ्बोले बताउनुभयो ।
बार्षिक साधारणसभामा अध्यक्ष,कोषाध्यक्षको प्रतिवेदन र विविध विषयमा छलफल गरेर पारित गरेको छ ।

संस्थाले ब्यापार ,कृषि, पशुपालन , अलैची खेती तथा समुह कर्जाको क्षेत्रमा रिण लगानी गर्ने गरेकोछ । संस्थाले न्यूनतम १० प्रतिशतदेखि १६ प्रतिशत ब्याजदरमा दिने गरेको छ । सहकारीमा २ हजार ५ सय ६७ जना सदस्य छन । जस मध्ये महिला १ हजार ६ सय ३७ र पुरुष ९ सय ३० जना छन । बाल बचतकर्ता पुरुष ४ सय ८० जना र महिला ६ सय २६ गरि १ हजार १ सय ६ जना बचतकर्ता रहेकाछन ।
सहकारीले जेष्ठ नागरिक सम्मानअन्तर्ग फुङलिङ नगरपालिका–९ का भरतमान गुरुङ र वडा नं २ का धन कुमारी मादेनलाई सम्मान गरेको छ । फुङलिङ नगरपालिका–२ का तेज बहादुर लिम्बुलाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गरेको छ । बाल बचतकर्तातर्फ फुङलिङ नगरपालिका–४ का आयुष्मा महतारा तथा महिला समूहतर्फ दोखुको जनजागृती महिला समूह र काभ्रे बेजम्बु मिश्रित समूहलाई सम्मान गरेको छ ।


सहकारीले गत आ .वमा मृत्यू भएका १० जना सदस्यका परिवारलाई ५४ हजार १ सय ५० रुपैयाँ प्रदान गरेको छ । सहकारीको सदस्यभित्र मृत्यू भएका १६ जनाका लागि ५२ हजार २ सय रुपैयाँ दिएको छ । पूर्व मन्त्री तिल कुमार मेन्याङबोले साधारण सभाको उद्घाटन गर्नु भएको थियो । सहकारी क्षेत्रमा काम गर्ने सहकारी संस्थाका प्रतिनीधीहरुको उपस्थिीती रहेको अध्यक्ष चन्द्र कुमार यवागुले बताउनु भयो ।



















