ताप्लेजुङको फुलवारीमा शुरु भयो राष्ट्रपति रनिङ शिल प्रतियोगिता (फोटो फिचर )
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिका वडा २ फूलबारीमा अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता शुरु भएको छ ।
आज देखि शुरु हुने रनिङ सिल प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोल गर्नु भएको थियो । उद्घाटन गदै पूर्वमन्त्री मेन्याङबो स्वस्थ तथा अनुशासित नागरिक र समाजको सृजना गर्न खेलकुद महत्वपूर्ण हुने बताउनुभयो उहाँले राष्ट्रपति रनिङ सिल प्रतियोगिता भाग लिने खेलाडीहरूलाई अनुशासित भएको खेलमा सहभागिता जनाउन आग्रह समेत गर्नुभयो ।

तीन दिन सम्म चल्ने रास्ट्रपति रनिङ शिल प्रतियोगितामा आठराई त्रिवेणीका सात माध्यमिक विद्यालयले सहभागिता जनाएको आठराई त्रिवेणी गाउपालिका अध्यक्ष दिपेन पोमु जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरक्षा निकायका प्रमुखहरूका उपस्थिति रहेको थियो ।

























