सहकारीको १२ करोड ३५ लाख ठगी गर्ने फरार अध्यक्ष पक्राउ

वेलकम खबर
पुस २३, २०८०

काठमाडौँ।  रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको रकम १२ करोड ३५ लाख भन्दा बढी गठी गरी फरार गरेका संस्थाका दुई पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौको तिनकुनेमा मुख्य कार्यालय भई जोरपाटी र भक्तपुरमा सहकारीका शाखा कार्यालयमार्फत निक्षेपकर्तालाई आर्कषक ब्याज दिने प्रलोभन देखाई निक्षेपकर्ताको रकम ठगेर फरार रहेका सरकारीका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक-त्रैमासिक-वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासमा पारेर उनीहरुले निक्षेपकर्तालाई ठगी गरेको पनि सीआइवीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*