पाथीभरा क्षेत्रमा राखिएको होर्डिङ बोर्ड हटाउन १५ दिने अल्टीमेटम

वेलकम खबर
पुस २३, २०८०

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको पदमार्गमा रहेका होर्डिङ बोर्ड माघ ७ गते भित्र हटाउन आग्रह गरेको छ ।

पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले एक सूचना जारी गदै ज जस्ले होडिङ बोर्ड राखेको उसैले हटाउनका लागि १५ दिने सूचना जारी गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएको छ । जारी सूचनामा प्रक्रिया अन्तर्गत कानुनी र व्यवहारिक दुवै हुन सक्ने जनाएका छ।
पदमार्गको छेउमा आफ्नो विज्ञापनका लागि यो क्षेत्रका हरेकजसो रुखमा बोर्डहरू राखिएका छन् । झापा मोरङ, सुनसरी,देखि इलाम पाचथर ,ताप्लेजुङ र भारतका ब्यवसायीले आफ्नो विज्ञापन गर्नेहरू छन् । काफ्ले पाटीदेखि मन्दिरसम्मका रुखहरुमा जथाभावी काँटी लगायतका फलामे वस्तु ठोकेर र अन्य माध्यमबाट बोर्डहरू तथा ब्यानर राखिएका छन् । बोर्ड राख्नेमा सरकारी, गैरसरकारी निकायदेखि व्यवसायी र व्यक्तिसम्मका छन् । पाथीभरा क्षेत्रका विज्ञापन केन्द्र जस्तै रहेका होर्डिङ बोर्ड तथा ब्यानर हटाइने भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*