पाथीभरामा भक्तजनले चढाएको १८५ तोला सुन,९२ किलो चाँदी

वेलकम खबर
पुस २०, २०८०

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा भत्तजनहरुले चढाएको सुन तथा चाँदी संकलन गरी रिफाइन गरिएको छ । पाथीभरा दर्शनमा आउने भक्तजनहरुले चढाएको १५ महिना अगाडिदेखि भण्डारण भएको सुन रिफाइन गरिएको हो ।

१५ महिनाको अवधिमा करिब ९८ तोला सुन दर्शनार्थीले मन्दिरमा चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

त्यस्तै कार्यकारी निर्देशक हाङबाङका अनुसार बि।सं। २०७६ सालदेखि भण्डारण गरिएको करिब ९२ किलोग्राम चाँदीलाई समेत रिफाइन गर्न सुरु गरिएको हो । रिफाइन जिम्मा ताप्लेजुङमा सञ्चालित ज्वेलर्सहरुको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी संघले लिएको छ ।

आज रिफाइन गरिएको सुन करिब ८८ तोला र चाँदी ६२ किलोग्राम रहने संघले अनुमान गरेको छ । संकलित सुन तथा चाँदीको रिफाइन गरी बजारभाउ अनुसार बिक्री गर्ने क्षेत्र विकासको तयारी रहेको छ ।

क्षेत्र विकास समितिसँग यसअघि नै रिफाइन गरेको करिब ८६ तोला सुन रहेको छ । सुन रिफाइनको काम आज नै सकिदैछ भने चाँदी रिफाइन गर्न करिब अझै ३ दिन लाग्ने संघले जनाएको छ ।

संघले ज्याला स्वरुप रिफाइन गरिएको सुनको १ प्रतिशत र चाँदीको ८ प्रतिशत बराबरको रकम लिने गरी सहमति भएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*