रेग्मी रिहाई भएसँगै बन्दको कार्यक्रम फिर्ता

वेलकम खबर
पुस २०, २०८०

ताप्लेजुङ । पक्राउ परेका उद्योग बाणिज्य संघ ताप्लेजुङका कार्य समिति सदस्य भद्रवीर रेग्मीलाई स्थानीय प्रशासनले आज साँझ रिहाई गरेपछि भोलि शनिवार गर्ने भनिएको बन्द लगायतका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
उद्योग बाणिज्य संघ ताप्लेजुङले  आज एक विज्ञप्ती प्रकाशित गरी स्थानीय प्रशासनसँग भद्र सहमति पछि बााणिज्य संघका सदस्य रेग्मीलाई रिहाई गरेका कारण बन्दको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको हो ।
उद्योग बाणिज्य संघ ताप्लेजुङका कार्यबहाक अध्यक्ष दावा शेर्पा र महासचिव कमल लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तीमा बन्दको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाउदै आन्दोलनका साथ सहयोग गर्ने सवैमा धन्यवाद ज्ञापन समेत विज्ञप्ती मार्फत गरेको छ । रेग्मी अलैची ब्यवसायी संघ ताप्लेजुङका अध्यक्ष पनि हुन । रेग्मीलाई गत साताको बिहीबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*