सानो झुण्डले विरोध गरेर ताप्लेजुङको केवलकार निर्माण रोकिन्न : मेयर मादेन
ताप्लेजुङ । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले सानो झुण्डले विरोध गरेर ताप्लेजुङको केवलकार निर्माण नरोकिने बताएका छन् ।
ताप्लेजुङ विकाश मञ्चले आयोजना गरेको एक कायक्रममा बोल्दै मेयर मादेनले पत्रकारले त्यस्तो झुण्डलाई अनावश्यक स्पेस दिएर केवलकार सम्बन्धी भ्रम फैलाएको आरोप लगाए । ‘ताप्लेजुङका ९० प्रतिशत नागरिक केवलकार बनाउनु पर्छ भन्नेमा छन् १० प्रतिशतले हुदैनभन्दा पत्रकारले समाचार छाप्नु हुन्छ ? ‘ मादेनको प्रश्न थियो । त्यो सानो झुण्ड कहिले सडक फराकिलो बनाउनु हुँदैन भन्ने कहिले खुला मैदान बनाउनु हुदैन भनेर कुदिरहेको आरोप लगाए । विकाश विरोधी लाई स्पेश नदिन र विकाशको पक्षमा वकालत गर्न उनले पत्रकारलाई आग्रह गरे ।
केवलकार बनाउने, सडक फराकिलो पार्ने, खुला मैदान बनाउने आफ्नो अभियानमा सानो झुण्ड अवरोधक बन्न खोजेको त्यसलाई पत्रकारले मलजल गरेको उनको आरोप छ । ‘केही छभने मलाई भन्नुहोस पत्रकारलाई म सहयोग गर्छु तर विकास विरोधीलाई स्पेश नदिनुहोस ‘ मेयर मादेनले थपे ‘मलाई पत्रकारले सहयोग गरेनन् ।’ केही दिनअघि मुक्कुमलुङ संघर्ष समिति लगायतका केही संघ संस्थाले पत्रकार सम्मेलन गरेर पाथीभरामा केवलकार बन्न नदिने चेतावनी दिएका थिए । पाथीभरा केवलकार प्रालिले निर्माणगर्ने केवलकारका विषयमा दोहोरी चलिरहेको छ ।-radiotaplejung



















