तीन परिवारले विद्यालयमा अक्षयकोष स्थापना

मदन गौतम
पुस १८, २०८०

ताप्लेजुङ । तील प्रसाद सुब्बा , पुण्य प्रसाद भण्डारी र दोर्जी शेर्पाको परिवारबाट विद्यालयलाई कुल १ लाख ५६ हजार ७ सय ६ रुपैयाँको अक्षयकोष प्राप्त भएको विद्यालयले जनाएको छ । मेरिङ्देन २ सान्थाक्राको सुर्यदेवी माध्यमिक विद्यालयमा स्थानीय समाजसेवीहरुले गरिब तथा बिपन्न विद्यार्थीलाई अध्ययन गर्न सहयोग हुने उद्देश्य राखेर अक्षयकोष स्थापना गरेका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरि उक्त अक्षयकोष स्थापना गरी विद्यालयलाई प्रदान गरिएको हो । प्राप्त रकमको ब्याजबाट विद्यालयमा अध्ययनरत गर्ने गरिब विपन्न विद्यार्थीलाई वार्षिक छात्रवृति प्रदान गरिने पनि विद्यालय स्रोतले बताएको हो ।

मेरिङ्देन २ सान्थाक्रा निवासी समाजसेवी तथा राजनीतिज्ञ तील प्रसाद सुब्बाले आफ्ना स्वर्गीय छोरा इन्जिनियर विनोद सुब्बाको नाममा रु ५५ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष प्रदान गरेका छन् । विद्यालयका प्रधानाध्यापक मेरिङ्देन ३ खाम्लुङ निवासी पुण्य प्रशाद भण्डारी तथा श्रीमती मुना बरालले आफ्ना स्वर्गीय हजुरबुवा नैनन्द भण्डारी, हजुर आमा स्वर्गीय हर्कमाया भण्डारी तथा बुवा स्वर्गीय जिवलाल भण्डारी र आमा जनुका भण्डारीको स्मृतिमा रु ५१ हजार १ सय ५१ रुपैयाँ त्यस्तै मेरिङ्देन २ निवासी दोर्जी शेर्पाले आफ्ना स्वर्गीय दाइ लाक्पातेम्बा शेर्पा र छोरा लाकुमार शेर्पाको सम्झनामा रु ५० हजार रुपैया अक्षयकोषलाई प्रदान गरेको विद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*