ताप्लेजुङमा एक बर्षमा ६८ वटा मानवअधिकार उलङघनका घटना घटे
ताप्लेजुङ । ताप्लेजुङमा मानव अधिकार बर्षपुस्तक २०२४ बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएकोछ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक ले प्रत्येक बर्ष एक बर्षमा घटेका घटनाहरुलाई जिल्ला प्रतिनधिनीले अभिलेखीकरण गरि बार्षिक रुपमा जिल्लामा रहेका सरोकारवाला निमायहरुसगँ समिक्षा गरेको छ । मानव अधिकार बर्ष पुस्तक २०२४ को बार्षिक समिक्षा प्रतिबेदनमा ६ बर्ष देखि ३५ बर्ष महिला बलत्कृत भएको पाईएकोछ ।
जिल्ला प्रतिनीधी एलिना दियालीले तयार पारेको प्रतिवेदनमा एक बर्षमा ६८ वटा घटनामा ४९ जना पीडित हुदा ३३ जना महिलाहरु पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएकोछ । प्रतिबेदनमा राजनैतिक अधिकार (राज्य पक्ष ) १ बलात्कारको घटना २३वटा , बहुविवाहको ३ वटा हत्या ६ वटा घरेलु हिंसाको घटना १८ वटा ,अभद्र व्यबहार २ , हत्या प्रयास ३ वटा , कुटपिट ७ वटा, गाली गलौज १ वटा , भौतिक संरचना क्षति १ ,बाल योन दुब्यबहार २ वटा र बलात्कार तथा मानव बेचबिखनको १ वटा घटना भएको उल्लेख गरिएकोछ । उक्त प्रतिवेदनमा नातेदारद्धारा बलात्कृत ८ बर्षिया बालिकालाई इन्सेक र सरोकारवाला तथा पिडित पक्षविच समन्वय गरि बालिकालाई उद्दार गरि दीर्घकालीन पुनस्थापना केन्द्र विराटनगरमा राखिएकोछ प्रतिवेदनमा जनाईएकोछ ।
बाल सुधार गृह ,हिंसामा परेका बालिका तथा महिलाई पुनस्थापना केन्द्र नहुदा जिल्ला बाहिर लानु पर्ने बाध्यता रहेकोछ । कार्यक्रम जिल्ला प्रतिनीधी एलिना दियालीको अध्यक्षतामा भएको हो । उक्त समिक्षा कार्यक्रमा साहयक प्रजिअ टंक बहादुर भटटराई ,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख राजन लिम्बु राजनैतिक प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।



















