ताप्लेजुङमा विद्युत्तमा कार्यरत मजदुरको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङमा निमार्णाधिन मध्य तमोर जल विद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । विद्युतीय तारबार मिलाउने क्रममा तमोर नदीमा खस्दा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत पश्चिम बंगालको माल्टा टाउनका करिब २२ बर्षिय मुकेश शाही रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य तमोर जल विद्युत आयोजनाको हान्द्रुङ स्थित विद्युत पावर हाउस नजिक तमोर नदी वारपार तारबार ब्यवस्थापन गर्ने क्रममा पारी रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको हो ।
उनलाई नदीले करिब तीनसय मिटर बगाएको बताइएको छ । शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने प्रहरीले बताएको छ ।-radiotamor



















