एमालेका पाँच प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व

वेलकम खबर
पुस १६, २०८०

प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएलगत्तै जिल्ला सम्पर्क मञ्चहरूको अधिवेशन गर्ने एमालेको तयारी
एमालेले प्रदेश सम्पर्क कमिटीहरूको अधिवेशन सुरु गरेको छ । आइतबारसम्म पाँच प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएको छ । सात भौगोलिक र एक उपत्यकाविशेष गरी आठ प्रदेशको अधिवेशन सकिएलगत्तै एमालेले गैरभौगोलिक क्षेत्रअन्तर्गत पर्ने प्रदेश सम्पर्क कमिटीको अधिवेशन अगाडि बढाएको हो ।

प्रदेश सम्पर्क कमिटीको अधिवेशन सकिएलगत्तै जिल्ला सम्पर्क मञ्चहरूको अधिवेशन गर्ने एमालेको तयारी छ । केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले आइतबारसम्म मधेश प्रदेश सम्पर्क कमिटी, बागमती प्रदेश सम्पर्क कमिटी, कोशी प्रदेश सम्पर्क कमिटी, लुम्बिनी प्रदेश सम्पर्क कमिटी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए ।

जसअनुसार आइतबार सम्पन्न मधेश प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट प्रवीणकुमार यादव अध्यक्ष, देव भण्डारी उपाध्यक्ष र वीरबहादुर कुँवर सचिवमा चयन भएका छन् । त्यस्तै, उपसचिवमा चेतकुमारी मैनाली र मोहम्मद इस्लाम राइन निर्वाचित भएका छन् । त्यस्तै, बागमती प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट अध्यक्षमा अशोक ठकुरी, उपाध्यक्षमा सरोजमोहन लामा, सचिवमा धनबहादुर पुलामी, उपसचिवमा अमृतकुमार खड्का र सरिता जिरेल चयन भएका छन् । लेखा समिति अध्यक्षमा जगदीश अधिकारी निर्वाचित भएका छन् ।

सुदूरपश्चिम सम्पर्क कमिटीको अध्यक्षमा सुरतबहादुर खत्री, उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्रबहादुर साउद, उपसविचमा पार्वती कठायत र नरेश धमेना चयन भएको एमाले केन्द्रीय कार्यालय सचिव खेम बोहराले जानकारी दिए । लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट अध्यक्षमा श्रीप्रसाद पाण्डे चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा नीलबहादुर सारूमगर, सचिवमा पूर्णबहादुर खत्री, उपसचिवमा ऋषिराम भुसाल र रोमनाथ ज्ञवाली निर्वाचित भएका छन् ।
कोशी प्रदेश सम्पर्क कमिटीको अधिवेशनबाट अध्यक्षमा नवराज घिमिरे निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले चयन भएका छन् भने उपसचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने निर्वाचित भएका छन् ।
एमालेले नवौँ महाधिवेशनपछि विधानमै व्यवस्था गरेर प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटी सोसरहकै हैसियतमा काम गर्ने गरी मान्यता दिँदै आएको छ । केही दिनभित्रै सबै प्रदेश सम्पर्क कमिटीको अधिवेशन सम्पन्न भइसक्ने केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक बस्नेतले बताए । केन्द्रीय सम्पर्क समन्वय कमिटीलाई भने भूगोल क्षेत्रको प्रदेश कमिटी सोसरहको मान्यता दिइएको छ ।-nayapatrikdadil

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*