ताप्लेजुङको पाथीभरामा केवलकार बन्न नदिने (विज्ञप्ती सहित)
ताप्लेजुङ । पाथीभरामा केवलकार निर्माण गर्न नदिने केवलकार निर्माण खारेजी संघष समिति ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज पत्रकार सम्मेलन गरि सोको जानकारी गराएको हो । केवलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्वु लिम्वूले जवरजस्ती निर्माण गर्न खोजे प्रतिकार गर्ने चेतावनी दिए ।
मुक्कुमलुङ संयुक्त संघर्या समिति , प्रदेश नं १ पुन नमाङकरण संयुक्त संघर्ष समिति , किरात धर्म तथा साहिप्य उत्थान संघ जिल्ला समिति , पहिचानका लागि युवा जिल्ला समिति लगायतका संस्थाले संयुत विज्ञप्ती निकालेर केवलकार निर्माण गर्न नदिने दोहोरयाएका र चन्द्र ढकाललाई निर्माणमा नलाग्न अपिल गरेकाछन् ।
मुक्कुमलुङको अस्तित्वलाई स्वीकार गरेर पाथीभरा क्षेत्र विकास समितिको सट्टा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको, याक्थुम लिम्वूको मुन्धुमीस्थल आध्यात्मिक आस्थाको स्थल समाप्त गर्न अतिक्रमणलाई निरन्तरता दिएको र केवलकार भित्रयाई ब्यापारीक केन्द्र बनाउन लागेको आरोप रहेकोछ । एकदुई जना जनप्रतिनिधिले सिंगो समुदायको प्रतिनिधित्व गरेको नठहरिने भएकाले स्थानीयवासि संघर्षरत रहेको वुझ्न निर्माण कम्पनि र सरोकारवालालाई आग्रह गरेका छन् ।





















