पाँचथर सेमिफाईनलमा
ताप्लेजुङ । चासोक तङ्नाम पर्वको अवसरमा आयोजना गरिएको प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपमा आज भएको खेलमा पाँचथर फुटबल क्लब बिजयी भएको छ । भानु जन माध्यमिकको खेल मैदानमा भएको खेलमा जलथल फुटबल क्लब झापालाई १–० गोल अन्तरले पराजित गर्दै पाँचथर फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आयोजक सहित जलथल फुटबल क्लब झापा ,सगरमाथा युथ क्लब मोरङ, आठराई गाउँपालिका तेह्रथुम बी.टि.फुटबल क्लब तेह्रथुम, पाँचथर फुटबल क्लब पाँचथर, रारा फुटबल क्लब धनकुटा र चक्रघट्टी फुटबल क्लब सुनसरीले प्रतिस्पर्धा प्रतिस्पर्धा गदैछन् । बुधबार भएको उद्धघाटन खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चक्रघट्टी फुटबल क्लब सुनसरी सेमिफाईनल पुगेकोछ ।
शुक्रबार आठराई गाउँपालिका तेह्रथुम र रारा फुटबल क्लब धनकुटा बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने चासोक तङनाम सञ्चालक समितिले बताएकोछ ।



















