उपाधिका लागि झापा र ताप्लेजुङ भिड्ने
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा आयोजना गरिएको अन्तर जिल्ला क्लब स्तरीय पुरुष भलिबलको उपाधिका लागि झापा र ताप्लेजुङको भेट पक्का भएको छ । झापाको पाथीभरा टाईगर भलिबल क्लब दमक अपराजित हुदै भोजपुरलाई ३–१ को सेटमा पराजित गर्यो ।
१९–२५, २५–२२, २५–१६ र २५–१२ को अन्तरले घर फर्काएको हो । यस्तै मुकेश मेमोरियल क्लव ताप्लेजुङले सभापोखरी भलिबल क्लब संखुवासभालाई सोझो सेटमा पराजित गर्यो । २५–२१, २५–२३ र २६–२४ को अन्तरले हराएको हो । पुसे मेला स्वर्ण महोत्सवको भलिबलको उपाधिका लागि भोली १२ बजे प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष हेम बहादुर चङवाङले बताउनु भयो ।
प्रतियोगितमाको बिजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपबिजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा भारतको एक सहित कुल ८ टिमको सहाभागिता रहेको थियो । प्रतियोगितामा सेमिफाईलन प्रवेश गर्ने टिमलाई सान्त्वना नगद ५० हजार साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



















