ताप्लेजुङ,झापा,भोजपुर र संखुवासभा सेमिफाईनल प्रवेश
ताप्लेजुङ । पुषे मेलाको अबसरमा दोभान बजारमा जारी भलिबल प्रतियोगितामा ,मुकेश मेमोरियल क्लब ताप्लेजुङ पाथीभरा टाइगर भलिवल क्लव, भोजपुर भलिबल क्लब र सङंखुवासभा भलिबल क्लब सेमिफाई प्रबेश गरेका छन् ।
संखुवासभाले ताप्लेजुङको हिमाली तोक्पे गोलालाई २५–२१, २५–१८, १९–२५, २०–२५, १५–१० को अन्तरले पराजीत गर्यो । मुकेश मेमोरियल क्लव ताप्लेजुङले भारत सिक्किमवाट आएको पाहुना टोली नाम्ची भलिवल क्लवलाई २५–१८, २५–२० र २५–१८ को सोझो सेटमा हराउदै घर फर्काएको छ । झापाको पाथीभरा टाइगर भलिवल क्लवले इलाम भलिवल क्लव इलामलेलाई पनि ३–० को सोझो सेटमा घर फर्किनका लागि टिकट कटाएकोछ ।
२५–१७, २५–१८ र २५–१८ मा इलामले दमकलाई पराजित गरेको भलिवल रेफ्री दिवस चोङवाङले जानकारी दिए । यस्तै भोजपुर भलिवल क्लव भोजपुरले उदयपुर स्पोर्ट क्लव उदयपुरलाई ३–१ को सेटमा पराजित गर्यो । २७–२९, २५–१८, २५–१५ र २७–२५ को अन्तरले हराएको हो ।
बुधबार मुकेश मेमोरियल क्लब ताप्लेजुङ ले सभापोखरी भलिबल क्लब संखुवासभाको सामना गर्ने छ भने पाथीभरा टाइगर भलिवल क्लव र भोजपुर भलिबल क्लब विच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएकोछ ।



















