पुषेमेला स्वर्ण महोत्सव उद्घाटन र आज चार खेल सम्पन्न

ताप्लेजुङ । स्वर्ण महोत्सव उद्घाटन र चार खेल सम्पन्न ताप्लेजुङको दोभानमा लाग्दै आएको ऐतिहासिक पुसे मेला कोसी प्रदेशका प्रदेश सभा सदस्य खगेनसिंह हाङगामले उद्घाटन गरेका छन । दोभान बजारमा आइतबार उद्घाटन हुने भनिएको स्वर्ण महोत्सव पहिचान पक्षधरले मेची राजमार्गमा यातायात बन्द गराएको कारण स्वर्ण महोत्सवको उद्घाटन सोमबार भएको हो । स्वर्ण महोत्सवमा भलिबल, साइकलिङ तथा सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम सहित ऐतिहासिक पुसे मेला ५ गते सकिने आयोजकले जनाएकोछ ।
स्वर्ण महोत्सवको अवसरमा दोभान बजारमा जारी भलिबल प्रतियोगितामा हिमाली तोक्पेगोला युथ क्लब ताप्लेजुङ ,मुकेश मेमोरियल क्लब ताप्लेजुङ ,पाथीभरा टाइगर भलिबल क्लब दमक र नाम्चे भलिबल सिक्किम विजयी । ताप्लेजुङले इलामलाई २६–२४, २५–२२ र २५–१८ अंकका साथ हराएको हो । भने ताप्लेजुङकै मुकेश मेमोरियल क्लबले भोजपुर भलिबल क्लब विरुद्ध २५–२३,२५–१७,२२–२५,२५–२२ले नतिजा निकाल्यो ।
त्यस्तै आजको तेस्रो खेलमा दमकले संखुवासभालाई २५–२१,२६–२४ र २५ –१४ ले पछि पारेको हो । अन्तिम खेलमा सिक्किमलाई उदयपुर स्पोर्टस् क्लबले २५–२१ ,२५–१७ र २५ –२१ को सेटमा हराएको छ । लिकम नकआउट आधारमा सञ्चालित प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतको एक सहित कुल ९ टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष हेम बहादुर चोङबाङले बताए ।