ताप्लेजुङका दुई पालिकाले दिए मेलाका लागि सार्वजनिक विदा
ताप्लेजुङ । ताप्लेजुङको दोभानमा लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि मेरिङदेन र मिक्वाखोला गाउँपालिकाले दुईदिन स्थानीय बिदा दिएका छन् ।
गाउँपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते स्थानीय बिदा दिएको दुवै पालिकाले सुचना निकालेका छन् । बिदाका दुईदिन गाँउपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,सामुदायिक बिद्यालय एवम संघसंस्थाको आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।
यता आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुका अनुसार आफ्नो पालिकामा भने पुसे मेलाका लागि स्थानीय विदा नदिएको बताए । मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ चाँगेको संगमस्थल दोभान बजारमा आइतवारबाट सुरु हुने भनिएको यातायात बन्दका कारण खेल खेलकुदका कार्यक्रम तथा मेला उत्घाटन सोमबार मात्र भएको ऐतिहासिक पुसे मेला ५ गते सकिने छ । पुसे मेला लाग्न थालेको यो बर्ष ५० बर्ष पूरा भएको छ । पुसे मेलालाई दुवै पालिकाले स्थानीय पर्वको रुपमा लिएर उत्सव मनाउन विदा दिएको जनाएको छ ।



















