पाथीभरा क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन योगेश भट्टराईलाई आग्रह (पत्र र निर्णय सहित)

वेलकम खबर
मंसिर ३०, २०८०

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रको विकासका लागि थप आवश्यक पहल गरी दिनु प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई आग्रह गरेको छ ।
पाथीभरा क्षेत्र विकास समितिले गत मंसिर १५ गते पाथीभरा क्षेत्रमा सर्वपक्षिय अनुगमन गरेको थियो अनुगमन पछि १८ गते बसेको बैठकले २२ बटा निर्णय गरेको थियो सो निर्णय कार्यान्वयन गर्न विभिन्न सरोकार निकायहरुसँग समन्वय तथा पहल गुर्न पर्ने भएको जनाउदै सहयोगको लागि पाथीभरा क्षेत्र विकास समितिले प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री भट्टराईलाई आग्रह गरेको हो ।

भट्टराईले पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।

पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकको कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा करिब ७ प्रतिशतमात्र काम सकिएको छ । निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन नसकेको हो । कन्ट्रेक प्रालि काठमाडौँले उक्त सडक निर्माणका लागि २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने जनाएको थियो ।

उक्त सडकको काम समयमै नहुँदा पाथीभरा क्षेत्र विकास समितिले जिल्लास्थित सरोकारवालासँग हारगुहार गर्दै आएको छ । यता पाथीभरा क्षेत्रमा खानेपानी, विद्युत् र इन्टरनेटसहितका दूरसञ्चार सेवा प्रभावकारी नहुँदा समस्या भोग्दै आउनुपरेकाले उक्त समस्या सम्बोधनका लागि समितिले भट्टराईसँग अनुरोध गरेको छ ।

हाल लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना सञ्चालनमा आए पनि विद्युतका कारण नियमित भइरहेको छैन । यसअघि मङ्सिर १५ गते पाथीभरा क्षेत्रको समग्र समस्या समाधान र विकासका लागि समितिले सर्वपक्षीय अनुगमन र समीक्षा कार्यक्रम गरेको थियो । उक्त अनुगमनपछि भएको समीक्षा बैठकको निर्णयबारे भट्टराईलाई जानकारी गराइएको कार्यकारी निर्देशक हाङ्बाङले बताए ।

यसैबीच समितिसँगको छलफलका क्रममा भट्टराईले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा मुख्य योगदान पुर्याउँदै आएको धार्मिक क्षेत्र पाथीभराको समग्र विकासमा पहिल्यैदेखि पहलकदमी गर्दै आएको र वर्तमान आवश्यकताअनुसारका कार्यमा सहयोग गर्ने बताए ।

उनले यसअघि निर्माण सकिएका योजनाको मर्मत सम्भारसहित नयाँ आवश्यकताका योजनामा सम्बन्धित पक्षसँग समन्वय गरी अघि बढ्ने बताए । समितिका पदेन सदस्यसमेत रहेका भट्टराईले पाथीभरा क्षेत्रमा कुनै विकास निर्माणको अभाव र कमी हुन नदिने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रको विकासका लागि थप आवश्यक पहल गरी दिनु प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई आग्रह गरेको छ ।
पाथीभरा क्षेत्र विकास समितिले गत मंसिर १५ गते पाथीभरा क्षेत्रमा सर्वपक्षिय अनुगमन गरेको थियो अनुगमन पछि १८ गते बसेको बैठकले २२ बटा निर्णय गरेको थियो सो निर्णय कार्यान्वयन गर्न पहल गरिदिन पाथीभरा क्षेत्र विकास समितिले प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री भट्टराईलाई आग्रह गरेको हो ।

भट्टराईले पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए । समितिले पाथीभरा जाने सुकेटार ९काफ्लेपाटी० सडकखण्डको स्तरोन्नति लगायतका निर्माण कार्य चाँडो सम्पन्न गराउन आवश्यक पहल र समन्वय गरिदिन आग्रह

पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकको कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिनै लाग्दा करिब ७ प्रतिशतमात्र काम सकिएको छ । निर्माण पक्षले समयमै काम सुरु नगर्दा सडक निर्माणले गति लिन नसकेको हो । कन्ट्रेक प्रालि काठमाडौँले उक्त सडक निर्माणका लागि २०७८ पुस ११ गते सम्झौता गरी २०८१ असार ११ भित्रै सम्पन्न गर्ने जनाएको थियो ।

उक्त सडकको काम समयमै नहुँदा पाथीभरा क्षेत्र विकास समितिले जिल्लास्थित सरोकारवालासँग हारगुहार गर्दै आएको छ । यता पाथीभरा क्षेत्रमा खानेपानी, विद्युत् र इन्टरनेटसहितका दूरसञ्चार सेवा प्रभावकारी नहुँदा समस्या भोग्दै आउनुपरेकाले उक्त समस्या सम्बोधनका लागि समितिले भट्टराईसँग अनुरोध गरेको छ ।

हाल लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना सञ्चालनमा आए पनि विद्युतका कारण नियमित भइरहेको छैन । यसअघि मङ्सिर १५ गते पाथीभरा क्षेत्रको समग्र समस्या समाधान र विकासका लागि समितिले सर्वपक्षीय अनुगमन र समीक्षा कार्यक्रम गरेको थियो । उक्त अनुगमनपछि भएको समीक्षा बैठकको निर्णयबारे भट्टराईलाई जानकारी गराइएको कार्यकारी निर्देशक हाङ्बाङले बताए ।

यसैबीच समितिसँगको छलफलका क्रममा भट्टराईले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा मुख्य योगदान पुर्याउँदै आएको धार्मिक क्षेत्र पाथीभराको समग्र विकासमा पहिल्यैदेखि पहलकदमी गर्दै आएको र वर्तमान आवश्यकताअनुसारका कार्यमा सहयोग गर्ने बताए ।

उनले यसअघि निर्माण सकिएका योजनाको मर्मत सम्भारसहित नयाँ आवश्यकताका योजनामा सम्बन्धित पक्षसँग समन्वय गरी अघि बढ्ने बताए । समितिका पदेन सदस्यसमेत रहेका भट्टराईले पाथीभरा क्षेत्रमा कुनै विकास निर्माणको अभाव र कमी हुन नदिने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा सदस्य पाथीभरा क्षेत्र विकास समितिको पदेन सदस्य रहेन ब्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*