ताप्लेजुङमा प्रथम कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने विजेतालाई तीन लाख

चासोकमा मौलिक कार्यक्रमै कार्यक्रम
मदन गौतम
मंसिर ३०, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा चासोक तङ्नामको उपलक्ष्यमा पहिलो पटक कञ्चजंघा सेसेलुङ गोल्ड कप हुने भएको छ । भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा पुष ४ गते देखि ११ गते सम्म खेल सञ्चालन हुने भएको हो ।
खेल संयोजक चन्द्र थेवेले पत्रकार सम्मेलनमा गोल्ड कपमा ८ टिमको सहभागिता रहने जानकारी दिए । संयोजक थेबेका अनुसार आठराई गाउँपालिका तेह्रथुम, रारा फुटबल क्लब धनकुटा, चक्रघट्टी फुटबल क्लब सुनसरी ,सगरमाथा युथ क्लब मोरङ, बीटि फुटबल क्लब तेह्रथुम, जलथल फुटबल क्लब झापा, पाँचथर फुटबल क्लब पाँचथरले सहभागिता जनाउने भएका छन । आयोजक कञ्चनजंघा फुङलिङ क्लबले पनि खेलमा प्रतिस्पर्धा भएकोेछ । प्रतियोगिता सम्पन्न गर्न र ५६ लाख लागत लाग्ने आयोजकले अनुमान गरेकोछ ।
प्रतियोगिताको विजेतालाई नगद ३ लाख २ हजार ८० र उपविजेतालाई १ लाख ५१ हजार ८० रुपैँया सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त प्रदान गरिने चासोक तङनाम सञ्चालक समितिले जनाएको छ । यस्तै लिम्बु समुदायको कला संस्कृतिमा आधारित मौलिक नृत्यहरू च्याब्रुङ नाच, धान नाच, छेलो, धनुकाँड, हाक्पारे, ख्याली, तथा राष्ट्रिय कलाकारको साथमा वृहत साङ्गतिक, सांस्कृतिक कार्यक्रम समेत हुने बताईएकोछ । च्याब्रुङ नाच तर्फको प्रथम, द्धितीय र तृतीयले क्रमस नगद ५० हजार ,४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसै गरी धान नाच प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमस १५ हजार, १० हजार ५ हजार प्रदान गरिने बताइएको छ । पुष ४ गते लिट्ल बुद्ध ईङलिस बोडिङ स्कुलमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने भएको छ । वक्तृत्वकला चासोक तङ्नाम विषयमा केन्द्रित भएर प्रतियोगीलाई सहभागिता जनाउन आह्वान गरिएको छ ।
कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता तथा सांस्कृतिक साङगितीक कार्यक्रमले आर्थिक मन्दीको अवस्थामा रहेको जिल्लालाई चलायमान बनाउने , संस्कार सस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चासोक तङनाम २०८० आयोजक समिति ताप्लेजुङका सहसंयोजक दिनेश लिङखिमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*