कोशीमा यातायात बन्द गराउने ६ जना पक्राउ

वेलकम खबर
मंसिर ३०, २०८०

काठमाडौ । कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो।नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए।

प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको जनाएको छ।‘हामीले धरानबाट ५ जना र झापाबाट एक जनालाई पक्राउ गरेका छौं,’ कोशीका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने, ‘सवारी साधन चलिरहेका छन्।’

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।बन्द आह्वानका कारण पहाडी जिल्लाहरूमा यातायातका साधन चल्न सकेका छैनन्। नेकपा एमालेको संकल्प यात्राको टोली आज दिउँसो तेह्रथुमबाट पाँचथर पुग्दैछ।
पाँचथरमा यातायात ठप्पप्रायः छ। एमालेले भने आज फिदिममा आयोजना गर्ने आमसभाका लागि बसबाट जिल्लामा सहभागी ओसारिरहेको एमाले नेताहरूले बताएका छन्।हाम्रो आमसभामा सहभागी हुन आउनेहरू बसबाटै आइरहनु भएको छ,’ एमाले नेता कपिल घिमिरेले भने, ‘हामीलाई बन्दको प्रभावले छोएको छैन।’

बन्दका कारण तराईका सुनसरीको धरान, उदयपुर, झापाको पश्चिम क्षेत्र बढी प्रभावित छ। पूर्व पश्चिम राजमार्गमा सवारी साधन अरू बेलाभन्दा केही पातलो चलेको स्थानीयबासीले बताएका छन्।मंसिर २६ मा कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न सोही दिन पक्राउ परेका पूर्वमन्त्री गोपाल किराती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनाको विनाशर्त रिहाइको माग गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*