ताप्लेजुङको मैवाखोलामा दुई तले भवनको उद्घाटन

वेलकम खबर
मंसिर २८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ स्थित जनकल्याण माध्यमिक विद्यालय तेल्लाबुङको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा निर्मित २ तले ८ कोठे पक्की भवनको आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उद्घाटन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वनेमले अब विद्यार्थीहरुले पक्की भवनका कक्षाकोठामा पढ्न पाएको बताउँदै शैक्षिक गुणस्तर उकास्न लागिपर्नुपर्ने बताउनुभयो । मैवाखोलाको शैक्षिक विकासमा पालिकाले ध्यान दिएको बताउँदै सबैको साथ सहयोगले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले पक्की भवन निर्माण भएपछि विद्यालयको पठनपाठनमा सहजता आएको बताउनुभयो । भवन निर्माणका लागि तेल्लाबुङ कन्ट्रक्सनले १ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको थियो । समयमै भवन निर्माण गरी हस्तान्तरण गरिएको कन्ट्रक्सनका टंकप्रसाद खतिवडाले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार वनेमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थोप्राले विद्यालयका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।nepaliportal

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*