ताप्लेजुङको फुङलिङमा विधुत सट भई एक घर जलेर नष्ट,क्षतिको विवरण आउन बाकी

मदन गौतम
मंसिर २८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको फुङिलङ २ बोझेमा एक घर जलेर नष्ट भएकोछ । आज विहान ११ बजे फुङिलङ नगरपालिका २ बोझेमा स्थानिय अर्जुन सिलवालको घरमा विधुत सट भएर आगलागी हुदा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल कुमार लुगेलीले बताउनुभयो । उहाका अनुसार ढुङगा,माटो र काठले बनेको जस्ताले छाना छाएको २ तले घर जलेर नष्ट भएको हो ।

क्षतिको विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । आगो फुङलिङ नगरपालिकाको दमकल , स्थानिय ,नेपाल प्रहरी ,शस्सत्र प्रहरी ,नेपाली सेना लगायतले नियन्त्रमा लिएकोछ । हरेक बर्ष हिउँदयामसँगै सुरु हुने सुख्खायामको समयमा ताप्लेजुङमा आगलागीको जाखिम हुने गरेको छ । गत शनिवार मात्र फुङलिङ नगरपालिका ६ उकालीपानीका स्थानीय लाल बहादुर गुरुङको घर पुर्णरुपमा जलेर नष्ट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*