ताप्लेजुङमा पहिलो पटक सुनवारको संयोजकत्वमा बन्यो नगर खेलकुद समिति
ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक फुङलिङ नगरपालिकाले नगर खेलकुद समिति गठन भएको छ ।फुङलिङ नगरपालिका वडा ८ का वडा अध्यक्ष क्षितिज सुनुवारको संयोजकत्वमा फुङलिङ नगरपालिका स्थानीय तह निर्माण भएको ७ बर्षमा पहिलो पटक नगर खेलकुद समिति गठन भएको हो ।
आज गठन भएको समितिमा सदस्यहरुमा सामाजिक समितिबाट फुङलिङ नगरपालिका वडा ४ का वडा अध्यक्ष दुर्गा पालुङवा,खेलकुद प्रशिक्षक पुरुषबाट देवकुमार पालुङवा,खेलकुद प्रशिक्षक महिलाबाट अनुशा थेवे,पूर्व खेलाडी पूरुषबाट पासाङ शेर्पा पूर्व खेलाडी महिलाबाट वेदना गुरुङ,नगर स्तरका खेलकुद सम्बन्धि दर्ता भएको क्लब पुरुष तर्फ दिनेश खबास,नगर स्तरका खेलकुद सम्बन्धि दर्ता भएको क्लब महिला तर्फबाट कविता तामाङ,सामुदायिक विद्यालय खेलकुद शिक्षकबाट शंकर श्रेष्ठ,संस्थागत विद्यालय खेलकुद शिक्षकबाट राजेश गुरुङ,शिक्षा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव प्रकाश पौडेल र आमन्त्रित सदस्यहरुको जीवन पालुङवा सन्तोष गुरुङ र शैलेन्द्र गुरुङ रहेको छन ।
संयोजक सुनुवारले अनुशासित भएर कार्यकाल सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन उप मेयर भिमादेबी ओझाको उपस्थितिमा समिति गठन भएको हो ।




















