आठराई त्रिवेणीले योजनाको सम्झौक्ता वडाबाटै शुरु गर्र्‍यो 

वेलकम खबर
मंसिर २६, २०८०

काठमाडौ । जनताको घर दैलोमा पुगेर सेवा गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिकाले टोल टोलमा पुगेर स्थानीय उपभोक्तासँग विकास योजनाहरुको सम्झौक्ता शुरु गरेको छ ।
आठराई त्रिवेणीको विभिन्न टोलटोलमा हुने उपभोक्ता समिति बाट सन्चालन हुने योजनाहरु सम्झौत्ता पालिका धाउनुपर्ने स्थानीयहरुको बाध्यतालाई मध्यनगर गरेर जनतालाई सहजा दिलाउने उद्देश्यले वडामा गएर वडा बाट नै उपभोक्ता समिति दर्ता सम्झौता शुरु गरेको गाँउपालिका अध्यक्ष दिपेन पोमुले जानकारी दिए ।अध्यक्ष पोमुले वडा न १ निघुरादिन  २ फुलबारी र चाँगेमा समेत गरी २ दिनमा १६ वटा योजना सम्झौत्ता गरेको जानकारी दिए । बाकीँ अन्य वडा हरुमा पनि निरन्तर सम्झौत्ता गर्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*