देश जोगाउने भए एमाले काग्रेस मिलौ :एमाले अध्यक्ष ओली (भिडियो सहित)

गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ
वेलकम खबर
मंसिर २५, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जोगाउने भए एमाले काग्रेस मिल्नु पर्ने बताएका छन ।झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बिग्रदै गएको हुनाले देश निर्माणको लागि एमाले काग्रेस मिल्नुको विकल्प नगरेको बताउनुभयो । उहाँले काग्रेसलाई प्रजातन्त्र चाहिएको भए, देश बनाउनका लागि भए एमालेसँग मिलेर अगाडी बढ्नको आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले
राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए। ‘सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन’, ओलीले भने।

जनताको अभिमतबाट एमालेले सरकार बनाएको र देशका विकासको अभियान चलाएको अवस्थामा विदेशीका सामु लम्पसार परी उनीहरूको कम्फरटेबल बनिदिन्छौँ भनेर एमालेको सरकार हटाउने काम गरिएको ओलीले बताए। एकीकृत भइसकेको पार्टी पटक पटक फुटाउने काम गरिएको ओलीले टिप्पणी गरे।

नेपाल कम्युनिष्ट पार्टी अदालतले नभई विखण्डनकारीले फुटाउने काम गरेका ओलीले बताए। त्यसैले विखण्डनकारीको पक्षमा नलाग्न ओलीले आग्रह गरे। ‘एमाले बाहेक वामपन्थी पार्टीमा कुनै कायकर्ता हुनुहुन्छ भने त्यो गलत बाटोमा नहिँड्नुस्, झिँगाको पछि किन लाग्ने फोहोरको डङ्गुरमा जान’, उनले भने।
ओलीले अहिले देश गम्भीर अवस्थामा पुगेको बताए। त्यसबाट देशलाई फर्काउनु पर्ने र त्यसकै लागि लागि समृद्धिका लागि संकल्प अभियान चलाएको उनले प्रष्ट पारे। ‘देश अप्ठेरो स्थितिमा छ, गम्भीर रोग लागि सकेको छ देशमा’, ओलीले भने।

ओलीले नेकपा एमालेको लक्ष सरकारमा गइहाल्ने नभएको भए पनि वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताए । देशले अब यो सरकारको गतिविधि थेग्न नसक्ने उनले प्रष्ट पारे। ‘यो सरकार कसैले ढाल्ने नपर्ने, आफैँ ढल्ने स्थितिमा पुगेको छ’, ओलीले भने।

ओलीले प्रचण्ड र शेरबहादुर देउवाकै कारण शान्ति प्रक्रिया नटुङ्गिएको बताए। एमाले पीडितको न्यायको पक्षमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा रहेको उनले बताए। ‘प्रचण्डजी र शेरबहादुरले शान्ति प्रक्रिया टुङ्गाउन दिनुभएन’, ओलीले भने।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन्। बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*