ताप्लेजुङको झुल्केडाँडाबाट शुरु भएको लैङ्गिक हिंसा विरुद्ध अभियान सिटीहलमा समापन
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा लैङ्गिक हिंसा विरुद्धको अभियान समापन ताप्लेजुङको फुङलिङ नगरपालिकाको आयोजनामा गत मंसिर ९ गते सुकेटार माथिको झुल्के डाँडाबाट सुरु गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज समापन गरिएकोछ ।

प्रतिनिधि सभा सासद तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन भएको हो । प्रतिनिधि सभाका सासद तथा पूर्वमन्त्री योगेश कुमार भट्टराई , कोशी प्रदेशका पूर्व प्रदेश सदस्य बल बहादुर साम्सोहाङ र जिल्ल समन्वय समिति प्रमुख छिरिङ लामाले तिन वटा पानसमा दीप बालेर लैंगिक विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको उद्घाटन गर्नुभएको फुङलिङ नगर उपप्रमुख भिमादेवी ओझाले बताउनु भयो ।

प्रत्येक वर्ष नोभेम्बर डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिन्छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिन अभियानमा सचेतनामूलक नाटक ,बक्तुत्वकला प्रतियोगिता अन्तरक्रिया आयोजना गरिएको थियो । डोमिनिकन गणतन्त्रका एकै परिवारका तिन जना दिदी बहिनीलाई (पेट्रिया मिर्नभा र मारिया) तत्कालीन सरकारले गरेको हिंसा विरुद्धको सम्झना स्वरुप यो दिवस सन १९९१ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइन्छ ।

उक्त कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको सुनिश्चितता ,महिला र बालबालिकामा ऐक्यबद्धता भन्ने बिसयमा भएको बक्तृत्वकला प्रतियोगितामा फुङ्लिङ नगरपालिका ५ कि अरुणा कडरिया प्रथम , तृषा पौडेल फुङ्लिङ नगरपालिका ४ कि द्वितीय ,यमुना गौतम फुङ्लिङ नगरपालिका ७ कि तृतीय र कृतिका न्यौपाने फुङ्लिङ नगरपालिका ३ कि सान्त्वना बनेका छ्न । क्रमशः प्रथम द्वितीय ,तृतीय र सान्त्वना ३ हजार २ हजार १ हजार र ७०० प्राप्त गरेका छन ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य खगेनसिह हाङगाम फुङ्लिङ नगर प्रमुख अमिर मादेन ,आठराई त्रिवेणी उपाध्यक्ष शान्ता कुमारी आङबुहाङ , कार्यालय प्रमुख ,सुरक्षा निकायका प्रमुख ,सङ्घसंस्थाका प्रतिनिधिहरू राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । फुङ्लिङ लगायत जिल्लाका विभिन्न पालिकाले कार्यक्रमको आयोजना गरि समापन गरेका छन ।




















