पक्राउ पूर्जी जारी भएका प्रकाण्ड बालुवाटारमा

वेलकम खबर
मंसिर २३, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पूर्जी लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको थियो ।२०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पूर्जी जारी भएको हो ।-nepalpress

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*