ताप्लेजुङ फुङलिङमा आगलागी एक घर जलेर नष्ट
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका वडा ५ मा आज विहान आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ ।
आज विहान फुङलिङ ५ उकालीपानीका स्थानीय लाल बहादुर गुरुङको घरमा आगलागी हुदा उहाँको घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल लुगेलीले जानकारी दिनुभयो ।
उहाका अनुसार ढुङगा,माटोले बनेको टिनको छाना छाएको २ तले घर जलेर नष्ट भएको हो । प्रहरीका अनुसार घरमा भएको सम्पुर्ण सामान जल्ला ५ लाख बराबारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी स्थानीय,नेपाल प्रहरी ,शस्सत्र प्रहरी ,नेपाली सेना लगायतले नियन्त्रण लिएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।



















