राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले गर्‍यो दल दर्ता आह्वान

वेलकम खबर
मंसिर २२, २०८०

काठमाडौ । राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ।

आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने सम्बन्धी सूचना जारी गरिएको हो।

राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने पार्टीले आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने बताइएको छ।

‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ ९एघार० गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा निवेदन दिन यो सूचना गरिएको छ,’ निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*