पुसे मेलाको कार्यक्रम बेलुकी ८ बजे सम्म मात्रै

मदन गौतम
मंसिर २१, २०८०

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा पौष १ देखि ५ गते सम्म लाग्ने पुषेमेला स्वर्ण महोत्सवका सम्पुर्ण कार्यक्रम बेलुकी ८ बजे सम्म मात्र संचालन गर्न जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले निर्देशन दिएकोछ ।
प्रशासन कार्यालयले एक सुचना जारी गर्दै सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई मेलाका सम्पुर्ण कार्यक्रम बेलुकी ८ बेजे सम्ममा सक्ने अनुमती दिएको हुदा सोही अनुसार सुरक्षा ब्यवस्था मिलाउन भनिएकोछ ।
महोत्सव स्थल वरिपरि मदिराजन्य पर्दाथ सेवन र विक्रीबितरण बन्देज गर्न निर्देशन दिएकोछ । साथै सामाजीक सदभाव बिग्रने किसिमका घटना हुन नदिन,कानुन विपरितका कुनै पनि घटना लाई निरुत्साहित गर्न प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल ताप्लेजुङलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ । । सोही अनुसार गर्न र गराउन आयोजक पुसेमेला स्वर्ण महोत्सव व्यावस्थापन समिती तथा दोभान स्र्पोटिङ क्लव तापलेजुङलाई प्रशासनले निर्देशन दिएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*