एनसेलको बिक्री रहस्यमय छ : सभामुख घिमिरे

वेलकम खबर
मंसिर २१, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय रहेको बताएका छन् ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबारे अनुसन्धान गर्नैपर्ने बताए ।
‘एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ’, उनले भने ।

अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले एनसेल सेयर खरिद बिक्रीबारे छलफल सुरु गरेका छन् । बुधबार लेखा समितिले एनसेलको सेयर खरिद बिक्री प्रकरणलाई यथास्थितिमा राख्न निर्देशन दिएको थियो ।

सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको बिरोधमा भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउन सुझाव दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*