आफ्नो पार्टी र नेतृत्वविरुद्ध गतिविधि भएको भन्दै प्रदेशसभामा एमालेको विरोध

वेलकम खबर
मंसिर २०, २०८०

विराटनगर । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशमा ‘प्रवेश गर्न नदिने’ भन्दै गरिएको प्रचारप्रति कोशी प्रदेशसभामा नेकपा एमालेले विरोध गरेको छ ।
बुधबारको प्रदेशसभा बैठकमा दलको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद तिलकुमार मेन्याङ्बोले मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधानविरोधी भएको बताए ।
कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरुलाई पहाडी जिल्लाम प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरु सहभागी भए अबरोध गर्ने उनीहरुको धम्की छ ।

पहिचानवादीको यस्तो भनाइ संविधानप्रदत्त अधिकारको उल्लघन भएको भन्दै एमालेको आपत्ती जनाएको छ । ‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुखद् छ’ मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु ।’ एमाले मुलुकको समृद्धिका लागि पहाडी क्षेत्रलाई अझै उन्न्त तुल्याउन मेची महाकाली यात्रामा रहेको भन्दै उनले अलोकतान्त्रिक कदम नचाल्न आन्दोलनकारीलाई आग्रह गरेका हुन् ।
कोशी नाम खारेजीको माग गर्दै ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संंघर्ष समिति’ ले यसअघि ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई सहभागी कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । सो समूहले उनी सवार सवारी साधनमा क्षति पुर्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*