पाँच वर्षमा ताप्लेजुङ सहित विभिन्न जिल्लामा ९० वटा विद्यालय बनाउदै युनाइटेड वर्ल्ड

मदन गौतम
मंसिर १९, २०८०

ताप्लेजुङ । युनाइटेड वर्ल्ड स्कुल नेपालले आगामी पाँच वर्षमा ९० वटा सामुदायिक विद्यालयको भवन निर्माण गर्ने भएको छ । ताप्लेजुङ सहित विभिन्न जिल्लामा आधुनिक प्रविधिमैत्री शिक्षण सिकाइका विकास गर्ने योजना सहित ९० वटा विद्यालय भवन निर्माण गर्ने भएको हो ।
आज ताप्लेजुङमा जिल्ला समन्वय प्रमुख सबै स्थानीय निकायका जनप्रतिनिधि, सामाजिक विकास समितिका संयोजक, साथै अन्य शैक्षिक सरोकारवाला निकायका व्यक्तित्वबारेको उपस्थितिमा युनाइटेड वर्ल्ड स्कुल नेपालले नेपालको शैक्षिक परियोजना र कार्यक्रम तथा कार्यान्वयनका सन्दर्भमा जानकारी तथा छलफल गरिएको छ ।  कार्यक्रममा गुणस्तरीय शिक्षा प्रर्वद्धनमा युनाइटेड वर्ल्ड स्कुल नेपाल र स्थानीय निकायको भूमिको विषयमा छलफल भएको थियो ।


२०७२ साल चैतमा स्थापना भएको युनाइटेड वर्ल्ड स्कुल नेपालले ३ जिल्लाका ७६ वटा विद्यालयमा ५ सय ९ वटा कक्षा कोठा निर्माण गरिसकेको जनाएको छ । ताप्लेजुङ,संखुवासभा र गुल्मीलाई कार्यक्षेत्र बनाई युनाइटेड वर्ल्ड स्कुल नेपालले गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन, आकर्षक कक्षा कोठा, बालमैत्री शौचालय, तालिम प्राप्त शिक्षण सिकाई, खेलकुद सामाग्री र विद्यार्थी सहयोग कार्यक्रममा संस्थाको सहयोग रहने बताएको हो । ताप्लेजुङमा ५ वटा, गुल्मीमा १८ वटा र सङ्खुवासभामा ५३ वटा विद्यालय निर्माण सम्पन्न भई १३ हजार ९ सय २८ बालबालिका लाभान्वित भएका छन । सामान्यतया ११ कोठे भवन निर्माणका लागि बढिमा ७० दिन लाग्ने गरेको संस्थाले जनाएको छ ।
जिल्ला समन्वय प्रमुख छिरिङ लामाले स्थानीय सरकार तथा अन्य शैक्षिक क्षेत्रमा काम गरिरहेका संघसंस्थासगँ त्रिपक्षीय समन्वय र सहकार्य गरि शैक्षिक सुधार गर्नुपर्ने खाचो रहेको धारण राख्नु भयो । मेरिङदेन गाउपालिका अध्यक्ष डम्बर हाङगामले विकटमा रहेका विद्यालयको विद्यार्थी सख्या , बस्तीलाई नहेरी विकटमा रहेका बालबालिकाको शैक्षिक सुधार गर्न यस्ता विद्यालयमा पनि कार्यक्रम लैजान र पालिकाले सधै सहयोग ,सहकार्य र समन्वय गर्ने बताउनुभयो ।


मिक्वाखोला गाउपालिका अध्यक्ष भक्त बहादुर कार्कीले एचपिएफरिड नेपालले ताप्लेजुङको पालिकामा शिक्षा क्षेत्रमा गरेको सहयोग , सहकार्य गरे जसरी युनाइटेड वर्ल्ड स्कुल नेपालले पनि पालिकामा कार्यक्षेत्र बढाउन आग्रह गर्नुभयो । ग्रामीण, दुर्गम, पछाडि पारिएका र सीमान्तकृत बालबालिकालाई गुणस्तरीय तथा प्रभावकारी शैक्षिक पहुँचमा ल्याउन संस्थाले योजना अनुरुप कार्य सुरु गरेको युनाइटेड वर्ल्ड स्कुल नेपालका अध्यक्ष खेमराज खड्काले बताउनुभयो ।
युकेएडको आर्थिक सहयोगमा आगामी ५ बर्ष सम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने यस अवधिमा साझेदार निकायसँगको समन्वयमा कार्यक्षेत्र बिस्तार सहितका योजना अघि बढाउने संस्थाले जनाएकोछ । कक्षा कोठामा प्रयोगात्मक, सृजनात्मक ,व्यवहारिक शिक्षण बिधि प्रयोग गर्ने,कक्षाको दैनिक सूचीको तयारी, विद्यार्थीको कक्षा छाड्ने दर घटाउन,मोवाईल एप्लीकेशनको प्रयोग र पढाई निरन्तरताका लागि विद्यार्थी तथा अभिभावकलाई प्रोत्साहित गर्ने कार्यक्रम समेत संस्थाले ल्याएको बताईएको छ ।
संस्थाले भौतिक पूर्वाधार निर्माणका लागि समुदायबाट जमिन र ढुङ्गा सहितका कच्चा पदार्थ र अन्य सामाग्री तथा प्राविधिक ,जनशक्ति लगायत संस्थाले सहयोग गर्ने जनाएकोछ । अव उप्रान्त युनाइटेड वर्ल्ड स्कुल नेपाल प्रथम पक्ष,बिद्यालय द्धितीय पक्ष र स्थानीय सरकार तृतीय पक्ष भई त्रिपक्षीय साझेदारी हुने भएको छ । पाँच वर्षको सहकार्यमा विद्यार्थीको सिकाइ मूल्याङ्कन चौथो वर्षमै कम्तिमा तृतीय श्रेणी सम्मको हुने लक्ष्यका साथ सहकार्य ,समन्वय हुने संस्थाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*