जनार्दन शर्माले गरे ओलीको स्वागत

वेलकम खबर
मंसिर १९, २०८०

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन्।
गत कात्तिक १७ गते रातिको भूकम्पबाट प्रभावित जाजरकोटबासीलाई भेट्न मंगलबार जाजरकोट पुगेका ओलीलाई माओवादी नेता शर्माले स्वागत गरेका हुन्।

एमालेले सञ्चालन गरेको महाकाली–मेची संकल्प यात्राको स्वागतका लागि सल्यान, जाजरकोट र रुकुमपश्चिम जाने भेरी कोरिडोरका विभिन्न स्थानमा स्वागत गेट, पार्टीका झण्डा, तुल र व्यानर राखिएको छ।
अध्यक्ष ओली जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पबाट आफन्त र घरबार गुमाएका पीडितहरूलाई भेट्न त्यसतर्फ लागेका हुन्।यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को छैटौँ दिन ओली नेतृत्वको टोलीले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित भेट्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य निरज आचार्यले बताए।आचार्यका अनुसार जाजरकोटमा ओलीले भूकम्पपीडितहरुसँग अन्तरक्रिया गर्ने छन्।
भूकम्प प्रभावित क्षेत्रमा एमालेले खटाएका स्वयम्सेवक टोलीको कामबारेमा पनि उनले जानकारी लिने भएका छन्।त्यस्तै पुनःनिर्माणबारे सरोकारवालासँग अध्यक्ष ओलीले छलफल गर्ने कार्यक्रम अपरान्ह भेरी नगरपालिका–१ रिम्नामा तय गरिएको छ।एमालेले कात्तिक १ गते देखि भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न ११ सय स्वयंसेवक परिचालन गरिरहेको छ।उक्त भूकम्पमा परेर जाजरकोटमा मात्रै १०१ जनाले ज्यान गुमाएका थिए। ९४ जना गम्भीर घाइते भएका थिए।९ हजार ७ सय ९४ घर पुर्णक्षती गरेको भुकम्पले २४ हजार ७ सय ७ घर आंशिक क्षति हुँदा जिल्लाका ९ हजार ६ सय ८१ परिवार विस्थापित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*