जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

वेलकम खबर
मंसिर १९, २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकोमा उक्त मिति परिवर्तन गरेर जेठमा पुर्‍याएको हो ।
त्यस्तै सो पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*