ताप्लेजुङमा बोलेरो पल्टिँदा चालकको मृत्यु

वेलकम खबर
१८ मंसिर २०८०, सोमबार १०:०४

ताप्लेजुङ । ताप्लेजुङमा गएरात बोलेरो जिप दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ । फुङलिङ ५ बस्ने ३० वर्षिय निशान लिम्बूको मृत्युभएको हो ।
सिरिजङ्गा गाउँपालिका—८ याम्फुदिनमा गएराति बोलेरो जिप दुर्घटना हुँदा बोलेरो चालक मृत्युभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूले जानकारी दिनुभयो ।

लिम्बूले चलाएको प्र -१–०१–००१ज-३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भोटेगाउँबाट छेबुकतर्फ जाँदै गर्दा गाडी बन्द भई बिग्रिएकाले चालक निसान आफैंले केही युवालाई गाडी धकेलिदिन लागि सहयोग गर्न बोलाएको बताइइएको छ। गाडी पछाडिबाट ओरालोतर्फ धकाल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालक लिम्बूले चलाएको सवारीले किचिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।phaktanglungdarpan

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*