ओलीको आक्रोश- गठबन्धनले एमालेले थालेका जनपक्षीय काम रोक्यो (भिडियो सहित)

वेलकम खबर
१६ मंसिर २०८०, शनिबार १९:०१

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।मध्य पहाडी लोकमार्ग पदयात्राको क्रम अछाम सदरमुकाम मंगलसेनमा आयोजित जन सभामा ओलीले अन्य पार्टीले वितण्डा मात्रै मच्चाएको तर विकास नगरेको बताएका हुन् ।
‘अब देख्नु भएन सबै पार्टीको हबिगत’ ओलीले भने, ‘वितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।‘ढिलोमा ०८४ को निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्’ ओलीले भने, ‘नेकपा एमाले बाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’
पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे ।‘हरेक तहमा ५१ प्रतिशत भन्दा बढी एमालेको एक्लै हुनुपर्छ एमालेले बहुमत ल्यायो भने राष्ट्रियता जोगिन्छ’ ओलीले भने, ‘विकास ठप्प भएको छ । नेकपा एमालेले जुन विकास सुरु गरेको थियो आज समाप्त भएको छ ।’
पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए  नभएको राजतन्त्रको नाममा त्यस्ता तत्त्वहरू पनि टाउको उठाउन खोजेको ओलीको आरोप थियो ।अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठुलो भएको बताएका थिए । पहिलो सहिद बाकाबिर , किसान आन्दोलनमा रहेर सहिद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रसंशा गरेका थिए ।
ओलीले मध्य पहाडी लोकमार्ग पदयात्रा विकास र समृद्धिको लागी प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेका भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*