देउसीबाट ताप्लेजुङ सरोकार केन्द्रले २ लाख ६१ हजार बचत गर्यो
काठमाडौ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौले तिहारको अवसरमा खेलेको देउसी भैलाबाट २ लाख ६१ हजार बचत गरेको छ ।
सरोकार केन्द्रले सामुहिक रुपमा देउसी भैलो कार्यक्रम गत कात्तिक २७ गते दिनको होटल हार्दिक, बागबजारमा खेलिएको देउसी भैलोबाट कार्यक्रममा जम्मा तीन लाख ७१ हजार ६८४ रुपैया संकलन गरेका र सो मध्ये एक लाख १० हजार २४० खर्च गरी दुईलाख ६१ हजार ४४४ बचत गरेको सरोकार केन्द्रका सचिव तथा देउसी भैला संयोजक महेन्द्र पालुङवा जानकारी दिनुभयो ।
देउसी भैलोमा सहभागी अतिथि,माननीय, समाजसेवी व्यक्तित्व, सरोकार केन्द्रका सल्लाहकार, सरकारी सेवाका राष्ट्र सेवक, व्यावसायी, साधारणरआजीवन सदस्य, सुभेच्छुक सहभागी भएको संयोजक पालुङवाले जानकारी दिनुभयो । सहभागी सम्पुर्ण महानुभावहरु तथा देउसी भैलो कार्यक्रमलाई सफल बनाउन खट्नु भएका देउसी भैलो संयोजन समितिलाई ताप्लेजुङ सरोकार केन्द्र तर्फवाट अध्यक्ष टंक श्रेष्ठ सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो । दुई हप्ता भित्र कार्यक्रमको यथार्थ विवरण सहित प्रतिवेदन ल्याएकोमा केन्द्रका सल्लाहकार शिवकुमार गुरुङले खुसि व्यक्त गर्दै देउसी संयोजन समिति र सरोकार केन्द्रलाई बधाई दिनु भएको थियो ।
देउसी भैलो कार्यकममा सहभागी भई दान(दक्षिणा चढाई सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरु ताप्लेजुङ सरोकार केन्द्र पुनस् हार्दिक धन्यवाद ज्ञापन गर्दै दक्षिणा रकम, खर्च रकम र वचत रकम विवरण शुक्रवार सार्वजनिक गरिएको सरोकार केन्द्रका महासचिव सन्तोष मादेनले जानकारी गर्नुभयो ।