ताप्लेजुङको दोभानमा पुषे मेला १ देखि लाग्ने

अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता हुने
मदन गौतम
मंसिर १६, २०८०

ताप्लेजुङ । ताप्लेजुताप्लेजुङको आठराई त्रिवेणी र मेरिङदेनको को दोभान बजारमा सदाझै लाग्दै आएको ऐतिहासीक पुसेमेला आगामी पुष १ गते बाट ५ गते सम्म सञ्चालन हुने भएको छ ।
२०३१ साल देखि लगातार लाग्दै आएको मेलामा यो बर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लवस्तरीय भलिबल प्रतियोगिता हुने संचालन हुने भएको छ । समुदायमा प्रचलनमा आएका मौलिक कला संस्कृतिको संरक्षण, पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेरिङदेन गाउँपालिका वडा नं ३ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ को संगम स्थल महादेउटार दोभानमा मेला आयोजना गरिएको पुसे मेला आयोजक कमिटीका अध्यक्ष हेम चोङवाङले बताउनुभयो ।

भलिबल प्रतियोगितामा चर्चित क्लब नगर खेलकुद विकास समिति,गलकोट बाग्लुङ ,नाम्चे भलिबल क्लव ९ नाम्चे बजार ,साउथ सिक्कीम भारत, ,भोजपुर भलिबल क्लव भोजपुुर,पाथीभरा टाईगर भलिबल क्लव दमक झापा,संखुवासभा भलिबल क्लव संखुवासभा, उदयपुर स्पोट्र्स क्लव र सुनसरी जिल्ला भलिबल टिम आमन्त्रित क्लवको रुपमा सहभागी हुने भएका छन । आयोजक जिल्लाबाट मुकेश मेमोरियल क्लव र हिमाली तोक्पेगोला भलिबलव क्लवको सहभागिता रहने बताईएकोछ । प्रत्येक टिमले २ जना विदेशी खेलाडी समेत सहभागी गराउन पाउने नियम अनुसार यो प्रतियोगितामा सहभागी टिमले अन्तराष्ट्रियस्तरको खेल खेलेका खेलाडी समेत सहभागीता हुने आयोजकले जनाएकोछ ।

भलिबल प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला भलिबल संघले गर्ने जिल्ला भलिबल संघका अध्यक्ष बिमल भण्डारीले बताउनुभयो ।भलिबल खेल संगै मेलामा ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको मेला आयोजक सचिव बताउनुभयो ब्याडमिन्टन प्रतियोगिताको पुरस्कारका लागि १ लाख रुपैयाँ छुटयाएको र जिल्लाब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बिधागत पुरस्कार घोषणा गरिने समेत मेला आयोजक कमिटीले जनाएको छ । यस बर्ष दोभान बजारबाट फुङफुङदेन झरना सम्म साईकलिङ प्रतियोगिता समेत आयोजना गरिने भएकोछ । मेलाको मुख्य प्रायोजक मेरिङदेन गाउँपालिका , आठराई त्रिबेणी गाउँपालिका र पहलमान जयरानको स्मृतिमा तुम्बाहाम्फे सपरिवार रहेका छन ।

प्रतियोगिताको प्रथमले नगद ३ लाख रुपैयाँ साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दितिय हुने टिम नगद १ लाख ५० हजार रुपैयाँ साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने पुसे मेला आयोजक कमिटीले जानकारी दिएको छ । भलिबल प्रतियोगिता तर्फ सबोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्रको व्याबस्था रहेको छ । प्रतियोगितामा उत्कृष्ट सर्भर, डिफेण्डर, ब्लकर, सटर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएकोछ ।
प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।
जिल्लामा रहेका हरेक पर्यटकिय क्षेत्र साथै स्थानिय स्तरमा उत्पादित बस्तुको अन्तराष्ट्रिय बजार सम्म बिस्तार गर्न तथा प्रचार प्रसारमा सहयोग पुग्ने बिश्वास लिईएको छ । मेला समपन्न गर्नका लागि कुल ३६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेकोछ ।
आयोजक कमिटीले उद्घाटनको दिन बाहेक भलिबल प्रतियोगिता हेर्न ५० रुपैयाँ र सेमीफाईनल तथा फाईनल खेलको टिकट जनही १ सय रुपैयाँ निर्धारण गर्ने योजना बनाएको बताएको छ । मेला अवधिभरमा राष्ट्रिय गायक तथा नृत्यकार समेतको सहभागितामा बृहत्त साँस्कृतिक कार्यक्रम समेत राखिने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु