पेट्रोल र डिजेलको मूल्य घट्यो

वेलकम खबर
१४ मंसिर २०८०, बिहीबार २१:४९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलर मट्टितेलको मूल्य घटाएको छ।  निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेलर मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको थियो ।
यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि आमउपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखिएको छ । मूल्य घटेसँगै काठमाडौँको हकमा पेट्रोलको मूल्य १७० रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेल १६० रुपैयाँ कायम भएको छ ।

Capture

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*