अवरोध हटाई पालिका भवन निर्माण कार्यलाई निरन्तरता दिने सहमति

वेलकम खबर
मंसिर १४, २०८०

ताप्लेजुङ । केही समय अघि देखि अवरोध भएको आठराई त्रिवेणी गाँउ पालिकाको प्रशासनिक भवन निर्माण कार्यलाई निरन्तरता दिने सहमति  भएको छ ।

गाँउपालिका अध्यक्ष दिपेन पोमुको अध्यक्षतामा आज बसेको सर्वदलिय बैठकले पुरानो सहमति अनुसार काम अगाडी बढाउन समन्वय गर्नका लागि स्थानीय हर्क यक्सो र लोकेन्द्र यक्सोलाई जिम्मेवारी दिने र समन्वय गर्दा पनि कुरा नमिलेको खण्डमा कार्यपालिकाको निर्णय बमोजिम आवश्यक प्रत्रिया अगाडी बढाउन सहमति गरिएको छ ।


यस अघि २०७९ साल मंसिर २० गते निर्माणाधिन पालिकाको प्रशासनिक भवन निर्माण कार्य नरोक्ने सर्व दलिय बैठकबाट सर्वसम्मत निर्णय गरिएको थियो ।स्थानीय जग्गा धनीको आफन्त सनबहादुर लिम्बुले ले तिहार अघि देखि भवन निर्माण कार्यमा अवरोध सृजना गरिरहेका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*