ताप्लेजुङमा योगेश भट्टराई माथि भएको घटना प्रति दु:ख ब्यक्त गदै आउदो दिनमा यस्तो कार्य नदोर्याउर्ने सहमति (सहमति पत्र सहित)

वेलकम खबर
मंसिर १३, २०८०

ताप्लेजुङ। नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई प्रति गत आईतवार भएको घटना प्रति दु ख ब्यक्त गर्दै आगामी दिनमा यस्तो कार्य नदोर्याउने सहमति भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा सरोकारवालाहरु बीच भएको छलफल पछि यस्तो सहमति भएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी टंकप्रसाद भट्टराईको पहलमा र प्रतिनिधिसभा सदस्य लीलादेवि बोखिम,जिल्ला समन्वय प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका मेयर अमिर मादेनकाको विशेष उपस्थितिमा ताप्लेजुङका सरोकारबालाहरुको बैठकमा सो निर्णय गरेको हो । निर्णयमा भनिएको छ गत आईतवार गते प्रनिनिधिसभा सदस्य योगेश भट्टराई ताप्लेजुङबाट काठमाडौ फर्कने क्रममा उहाँ सवार गाडीमाथि ढुगामुडा प्रहार गरी क्षति भएको घटना प्रति दुख ब्यक्त गदै आगामी दिनमा यस्ता प्रकारका कुनै पनि घटना हुन र गर्न गराउन नदिन जिम्मेवार बन्दै एक आपसमा भौतिक आक्रमण र प्रत्याक्रमणमा नउत्रने जनाएको छ ।
जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सुरक्षा निकायका प्रमुख र प्रदेश न १ पुन नामाङ्कन सयुक्त सघर्ष समिति बीच सहमति भएको हो । पक्राउ परेकाहरु रिहाई भएपछि मात्र आधिकारीक बिज्ञप्ति सार्बजनिक गरि फिर्ता भएको जानकारी गराउने आन्दोलनरत पक्षको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु