रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा सुमना श्रेष्ठ

वेलकम खबर
मंसिर १३, २०८०

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्।

संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ।पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।यस्तै रास्वपाले तीन जना सहप्रवक्ता थपेको छ। मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं सहप्रवक्ता बनेका छन्।यसैगरी, पाँच जना केन्द्रीय सदस्य थपिएका छन्।अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव (महोत्तरी), पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्य बनेका छन्।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु