ताप्लेजुङको आँखा शिविरमा १ सय ३१ जनाको आँखाको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङको आँखा शिविरमा १ सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ ,सेवा फाउन्डेसन र फुङलिङ नगरपालिकाको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित २२ औ आँखा शिविरमा १३१ जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका क्लिनिक ईञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।
क्लिनिक ईञ्चार्ज गुरुङका अनुसार शिरिमा ५ सय २४ जनाको आँखाको परीक्षण गरिएकोमा १ सय ३१ जना भने मोतियाबिन्दु भएका बिरामी थिए । शिविरमा ६८जना पुरुष तथा ६३ जना महिलाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रिया भएका १ सय ३१ मध्ये १० जनाको सामान्य शल्यक्रिया गरिएको हो । डाक्टर रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालका डाक्टर सगुन मल्ल नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । गतबर्षको मंसिर २० देखि २२ सम्म चलेको शिविरमा १ सय ८जनाको शल्यक्रिया भएको थियो ।
यस पटक भने १ सय ३१ जनाको आँखाको शल्यक्रिया गरिएकोे नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाका सभापति राजकुमार गुरुङले बताउनुभयो । लायन्स क्लब अफ काठमाडौ, हाम्रो रुपान्तरण,लायन्स क्लब अफ तार्केश्वर चौतारी र हेल्पीङ हेन्ड ताप्लेजुङले आँखाका बिरामीलाई निःशुल्क औषधीको ब्यवस्था गरेका थिए ।
कोरोना संक्रमण हुनु अगाडी ६–६ महिनामा चल्दै आएको शिविर कोरोना पश्चात एक बर्ष एक पटक संचालन हुदै आएकोछ ।
नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजनामा मंसिर १४ र १५ गते पाँचथरको थर्पुस्थित याङ्वरक आँखा उपचार केन्द्रमा र १७ र १८ गते याशोकमा शिविर संचालन हुने नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएकोछ ।