मेची राजमार्गमा यातायात ठप्प

वेलकम खबर
मंसिर १२, २०८०

 ताप्लेजुङ । ‘कोशी’ नामविरुद्व आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको छ ।

दुई दिनअघि ताप्लेजुङ आएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनुका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ता रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको हो ।

प्रहरीले पहिचान पक्षधर पाथिभरा याङवरक –३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको दाबी संघर्ष समितिको छ । प्रहरीले भने शान्ति सुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

बन्दका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । पहिचान पक्षधरहरूले ठाउँ–ठाउँमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन् । पहिचान पक्षधर नेता सागर केरुङले प्रहरीले २ जनालाई पक्राउ गर्नुका साथै ३ जनालाई झुटो आरोप लगाएको दाबी गरे । माग सम्बोधन नभए बन्द हड्तालका र बिरोधका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु