अनेरास्वियु ताप्लेजुङका सह संयोजक बाँनिया माथि खुकुरी प्रहार

मदन गौतम
मंसिर ११, २०८०

ताप्लेजुङ, नेकपा एमाले निकट अनेरास्वियु ताप्लेजुङका सहसंयोजक विबेक बाँनिया माथि खुकुरी प्रहार भएको छ । बाँनिया कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री तिलकुमार मेन्याङबोका स्वकीय सचिब समेत रहनु भएका बाँनिया माथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक लुङ्गेलीलेका अनुसार बाँनियालाई फुङलिङ नगरपालिका ४ का प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेको हो । उनलाई सदरमुकाम फुङलिङ स्थित आफ्नै निवास अगाडी सोमबार बिहान खुकुरी प्रहार गरेको हो ।

घाइेत बाँनियाको हाल जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाँनियाको खुट्टामा गम्भीर चोट लागेको छ । प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार बाँनिया र लिम्बुबीच पुरानै लिनदिनको विषयलाई लिएर बिबाद सिर्जना भएपछि खुकुरी प्रहार भएको हो । लिम्बू फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*