योगेश भट्टराई चढेको गाडीमाथि तोडफोड
ताप्लेजुङ । नेकपा एमालेका सचिव एबं प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई चढेको गाडिमा तोडफोड भएको छ । ताप्लेजुङवाट काठमाण्डौं फर्कने क्रममा फुङलिङ ४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन ।
सात,आठ जनाको समुहमा रहेकाहरुले भट्टराई सवार गाडिमा ढुङगा र लाठिले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । आक्रमणकारीले हानेको ढुङगा भट्टराई सवार गाडिको अगाडि लागेको प्रत्यक्षदर्शीले वताएका छन । भट्टराईको गाडिलाई सशस्त्र र नेपाल प्रहरीको स्कटिङमा लगिएको थियो । शिशाहरु छरपस्ट भएपनि मान्छेभने कोहीपनि घाइते नभएको एमालेले जनाएको छ ।
यसअघि मध्यान्ह एमाले र पहिचान पक्षधर कार्यकर्ताविच झडप भएको थियो । भट्टराईको निवास अगाडी प्रदर्शन समेत गरेका थिए । दसैं, तिहार, छठ, नेपाल सम्वत जस्ता चाडपर्वको अवसरमा भट्टराई सहित एमालेवाट निर्बाचित सांसदहरु उर्मीला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले चियापान कार्यक्रम आयोजना गरेका थिए । दिउसो १ वजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको खतिवडाले वताएका छन । प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन । यसअघि एमालेकै प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादीका इन्द्र आङवो लगायतका नेतामाथी यही क्षेत्रमा आक्रमण गरिएको थियो ।पहिचान पक्षधरले एमालेले गर्ने मध्यपहाडि यात्रामा समेत अवरोध गर्ने दावी गर्दै आएका छन ।



















