पहिचान पक्षधर र युवासघ बीच ताप्लेजुङमा झडप (भिडियो सहित)

ताप्लेजुङ ।नेकपा एमाले कार्यकता र पहिचान पक्षधर बीच झडप भएको छ ।
आज नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई फुङलिङ ५ आफनो निवासबाट दसैं, तिहार, छठ, नेपाल सम्वत जस्ता चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना स्थल पार्टी कार्यालय तर्फ जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाई नाराजुलुश गरेपछि राष्ट्रिय युवासंघका कार्यकर्ता र पहिचान पक्षधर विच झपड भएको हो ।
एमालेवाट निर्बाचित प्रतिनिधिसभाका सांसदहरु भट्टराई, उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले आज दिउसो १ वजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।सांसदहरु लगायतका कार्यकर्ता चियापान कार्यक्रमस्थल पुगीसकेको एमाले कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । पहिचान पक्षधरले एमाले कार्यालय अगाडिपनि प्रदर्शन गरेका छन । कोशी प्रदेश नामको खारेजी हुनुपर्ने लगायतका माग गर्दै आएका छन। अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएकोछ ।