जस्केलाबाट नछिरी खुला राजनीतिमा आउन पूर्वराजालाई योगेश भट्टराईको चेतावनी (भिडियो सहित )

मदन गौतम
मंसिर १०, २०८०

ताप्लेजुङ । नेकपा एमालेका सचिव एबं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले राजेन्द्र लिंदेनलाई महासचिव वनाएर आफु अध्यक्ष वन्नसुझाव दिएका छन । गृह जिल्ला ताप्लेजुङमा आइतवार विहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जस्केलाबाट नछिरी सक्रिय भई खुला राजनीतिमा आउन चुनौती दिनुभएकोछ ।

पूर्व राजालाई, सुरक्षा, आवाससहितको सुविधा दिएको स्मरण गर्नु हुदै उनले यस्ता गतिविधि गरे ज्ञानेन्द्र शाहलाई सरकारले कारवाही गर्नुपर्ने वताउनुभयो । हामीले मानवीय नाताले पूर्व राजाको आमालाई नारायण हिटिमा बस्न दिएका छौं, पूर्व राजालाई सुरक्षा दिएका छौं, आवास सुविधा दिएका छौं, सचिव भट्टराईले भने, ‘फ्रान्स तथा अन्यदेशमा राजालाई यस्तो सुविधा नदिएको, अरु देशका राजा कत्लेआम भए, त्यसैले यो अवस्था वुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु ।’ ज्ञानेन्द्र शाहको विदेशमा राखेको पैसा छ । उनी ब्यापारी भएकाले उद्योग खोल्न र ब्यापार ब्यवसाय गर्न र रोजगार दिलाउन सुझाब दिनुभएकोछ । लगानी गरुन ,उद्योग धन्दा खोलुन न । राष्ट्रिय उद्योग खोलुन । पहिले कमाएको पैसा राखेका छन,’ भट्टराईले थपे, ‘त्यसको सम्मान र सुरक्षा राष्ट्रले गर्छ । तर राजनीतिक अधिकारका लागि सडकमा आउने होभने जस्केलावाट छिर्न कोशिश नगरि मुल ढोकाबाट सक्रिय राजनितीमा आउन चुनौती दिनुभयो ।

कुदृष्टिले धार्मिक सहिष्णुता विथोल्न, अराजकता मच्चाउन, राजनीतिक अस्थितरता मच्चाउन र जातीय सद्धभाव विथोल्ने काम नगर्न चेतावनी दिनुभएकोछ । समाज अगाडी जाने पछाडि नर्फक्ने भएकाले सडकमा नाङगो नाच नचाउनुले कुनै अर्थ नराख्ने वताउनुभयो । आश्चर्य ब्यक्त गर्दै भट्टराईले सरकार र सरकारको नेतृत्व गर्ने दलहरु रमिते वनिरहेकोकाले सरकारको धारणा सार्वजनिक गर्न माग गनुभयो । सरकारको धारणा के हो ।

ज्ञानेन्द्र शाहले गरेको गतिविधिप्रति सरकारको धारणा के हो,’ भट्टराईले प्रश्न गर्दै भने, ‘तथाकथित दुर्गा प्रसाईलाई उचालेर काठमाण्डौंमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो । राजतन्त्र फर्काउछु भन्नेहरु प्रति सरकार के भन्छ । गणतन्त्र अन्त्य गर्छु भन्नेहरु प्रति प्रधानमन्त्री ज्यु के भन्नु हुन्छ । हामी सरकारलाई सोदिरहेका छौं ।’ अहिलेको परिस्तिति सम्हाल्न नसके सरकार छोड्न उनले सल्लाह दिनुभयो ।

नेकपा एमाले जिल्ला कमिटीले आइतबारका लागि आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउन नेता भट्टराई गृह जिल्ला ताप्लेजुङ आउनुभएको हो । उहाँसँगै एमाले पोलिट ब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थेबेलगायतका नेतृत्वहरु कार्यक्रममा सहभागी बन्नुहुने एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*